तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
कोहलपुरको कौशिल्या अस्पताल नजिकै आज बिहान मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका मोटरसाइकल चालक कोहलपुर नगरपालिका वडा नम्बरका १० का ३९ वर्षीय भुपेन्द्र सुनारको उपचारका क्रममा मृत्यु भएको हो । सुनारको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि सवार सुर्खेतको लेकबेसी वडा नम्बर ३ राताटार घर भई हाल सशस्त्र प्रहरी बल नेपाल ४२ नम्बर गण शमशेरगञ्ज बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक ४२ वर्षीय लालबहादुर सुनार घाइते हुनुभएको छ । उहाँको उपचार चलिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button