तपाईँ सुन्दै हुनुहुन्छः

आइटिएफ तेक्वान्दोमा लुम्बिनी प्रदेशको वर्चस्व

नेपालगञ्ज । आइटिएफ तेक्वान्दोमा लुम्बिनी प्रदेशले वर्चस्व जमाएको छ । प्रथम आमन्त्रित अन्तर प्रदेश आइटिएफ तेक्वान्दो खुला प्रतियोगितामा लुम्बिनीले वर्चस्व जमाएको हो । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ स्थित शुक्र भलिबल स्टेडियममा बुधबारदेखि प्रतियोगिता सुरु भएको थियो ।
मोडेल आइटिएफ तेक्वान्दो दो एकेडेमीले आयोजना गरेको प्रतियोगितामा महिलातर्फ २१–२५ केजी तौल समूहमा लुम्बिनी प्रदेशकी राईका चौधरी पहिलो, कर्णाली प्रदेशकी स्मृति बुढा दोस्रो र लुम्बिनी प्रदेशकी कृष्णा सारु मगर तथा कर्णाली प्रदेशकी जेनिशा शाह तेस्रो भएका छन् ।
यस्तै २६–३० केजी समूहमा लुम्बिनी प्रदेशकी दिव्या थापा पहिलो, लुम्बिनी प्रदेशकै पुष्पा थापा दोस्रो र लुम्बिनी प्रदेशकी मानुषी थापा तथा लुम्बिनीकै आरिम बिष्ट तेस्रो भएका छन् । यसैगरी ३१–३५ केजी समूहमा लुम्बिनीकी सङ्गीता खत्री पहिलो, कर्णालीकी सविता नेपाली दोस्रो र लुम्बिनीकै पूर्णिमा सुनार तथा कर्णालीकी कविता नेपाली तेस्रो भएका छन् । त्यस्तै ५०–५६ समूहमा लुम्बिनीकी विनिता बुढा पहिलो, सुदूरपश्चिमकी रुपा धामी दोस्रो र लुम्बिनीकी प्रेरणा विष्ट तथा लुम्बिनीकी लिला घर्ती मगर तेस्रो भएका छन् ।
प्रतियोगितामा पुरुषतर्फ २०–२५ केजी तौल समूहमा लुम्बिनीका अर्पति कठायत पहिलो, कर्णाली प्रदेशका गौरव रोकाय दोस्रो र सुदूरपश्चिमका विपिन कुँवर तथा लुम्बिनीका श्याम खटिक तेस्रो भएका छन् । त्यस्तै ३१–३५ केजी समूहमा लुम्बिनीका शुभम् नेपाली पहिलो, सुदूरपश्चिमका शुभम् कुँवर दोस्रो र लुम्बिनीका पारस बुढा तथा लुम्बिनीकै फल बिसी तेस्रो भएका छन् ।
त्यसैगरी ३६–४० समूहमा लुम्बिनीका दिपेश पुन मगर पहिलो, लुम्बिनीका विकल्प बस्नेत दोस्रो र लुम्बिनीका मनोज राना तथा लुम्बिनीकै गोपाल सारुमगर तेस्रो भएका छन् । यस्तै ४१–४५ केजी समूहमा सुदूरपश्चिमका भुपेसनाथ पहिलो, लुम्बिनीका रोहन बिष्ट दोस्रो र लुम्बिनीका हिरालाल थापा तथा विप्लवराज पोखरेल तेस्रो भएका छन् ।
त्यसैगरी ४६–५० समूहमा लुम्बिनी प्रदेशका कृष्ण वाल्मीकि पहिलो, कर्णालीका गणेश ओली दोस्रो र लुम्बिनीका मेराज कसगर तथा सुदूरपश्चिमका दिनेश बहादुर बोहरा तेस्रो भएका छन् । त्यस्तै ५१–५५ केजी समूहमा कर्णालीका आयुष नेपाली पहिलो, लुम्बिनीका सन्तोष बुढा मगर दोस्रो र सुदूरपश्चिमका भुपेन्द्र ओली तथा सुदूरपश्चिमकै जीवन पनेरु तेस्रो भएका छन् । यसैगरी ५६–६० केजी समूहमा लुम्बिनीका अर्जुन नेपाली पहिलो, लुम्बिनीकै प्रकाश आले दोस्रो र लम्बिनाकी सूर्य सुनार तथा कर्णालीका नगेन्द्र सिसी तेस्रो भएका छन् ।
प्रतियोगिताका विजेता खेलाडीलाई प्रमुख अतिथि एवम् खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिक, लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य डिबी तामाङ, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका अध्यक्ष प्रवीणकुमार कार्की, मोडेल आइटिएफ तेक्वान्दो दो एकेडेमीका अध्यक्ष होमबहादुर सुनार लगायतले ट्रफी तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशका २ सय ८० जना खेलाडी सहभागी भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button