तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीमा व्यावसायिक रूपमै स्ट्रबेरी खेती शुरु 

गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा एक जना कृषकले व्यावसायिक रूपमै स्ट्रबेरी खेती सुरु गर्नुभएको छ । जिल्लामा अन्य खेती धेरै कृषकले गरेपनि स्ट्रबेरी खेती गर्ने कृषक कमै छन् ।

तर जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–६ को सिमाघाटमा प्रेम नेपालीले व्यवसायिकरुपमा स्ट्रबेरी खेती गर्दै आउनुभएको छ । अघिल्लो वर्ष परीक्षणको रुपमा खेती गरेका नेपालीले बजार राम्रो पाएसँगै यस वर्षबाट व्यावसायिक रूपमै खेती गर्दै आउनुभएको हो ।

नेपालीले स्ट्रबेरी खेतसँगै आर.एन.पी नबोदय बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर विभिन्न तरकारी खेती गर्दै आउनुभएको छ । स्ट्रबेरी फलफूलको रुपमा प्रयोग गरिन्छ । 

गुल्मी जिल्लामा यसको खेती कमै कृषकले गर्दै आएका छन् । नेपालीले यसवर्ष १ रोपनी क्षेत्रफलमा स्ट्रबेरी खेती गर्दै आउनुभएको छ ।

 नेपालीले उत्पादन गरेको स्ट्रबेरी तम्घास बजारमा बिक्री हुँदै आएको छ ।    फागुन महिनाबाट पाक्न सुरु गर्ने स्ट्रबेरी वैशाख अन्तिमसम्म पाक्ने गर्दछ ।

 नेपालीको फर्मबाट अहिले ५ किलो स्ट्रबेरी दैनिक उत्पादन हुँदै आएको छ ।    स्ट्रबेरीको बजार मूल्य हाल ४ सयदेखि ५ सयसम्म बिक्री हुने गर्दछ । 

बजार राम्रो हुँदै गए यो खेतीलाई बिस्तार गर्ने सोचमा रहेको उनको भनाइ छ । नेपालीले ०७३ सालबाट १८ रोपनी खेत भाडामा लिएर तरकारी खेती गर्दै आउनुभएको छ ।

 तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनले अहिले १२० रोपनी क्षेत्रफलमा विभिन्न जातका तरकारी खेती गर्दै आएका छन् । परिवारका ४ जना सदस्य मिलेर तरकारी खेती सुरु गरेका नेपालीले अहिले कक्षा १२ सम्म अध्ययन गरेका छोरालाई पनि कृषि पेसालाई अगाडी बढाउनुभएको छ । 

नेपालीको फर्मबाट हाल स्ट्रबेरी, लौका, फर्सी, टमाटर, फूल गोपी, बन्दा गोपी, तिते करेला, लौका, काक्रा, साग, खुर्सानी, आलु, मकै, केराउ, बोडी, सिमी, घिरौला, फूल लगायत मौसमी तथा बेमौसमी खेती उत्पादन हुँदै आएको छ ।

शुन्य लगानीबाट सुरु गरेका नेपालीको फा अहिले २० लाख भन्दा बढी लगानी भएको छ । नेपालीको फाममा हाल २६ वटा टनेल रहेका छन्

प्रतिक्रिया राख्नुहोस्

Back to top button