तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ राजपुरमा म. प्रदेश ०३-०२९ प ८५९४ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना हुँदा वडा नम्बर ४ धामपुर निवासी २६ वर्षीय टिकाराम थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते थारुको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै मोटरसाइकल दुर्घटनामा परी कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसका शिक्षक हरिप्रसाद अधिकारीको पनि मृत्यु भएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६ मा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा कोहलपुर ८ पिपिरी बस्ने ४५ वर्षीय अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको भे ११ प ५२२१ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ गइरहेको भे ७ प ९२०९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button