तपाईँ सुन्दै हुनुहुन्छः

धनगढीमा हाफ म्याराथन प्रतियोगिता हुने 

धनगढी । “अब धनगढी दौडिन्छ “भन्ने नाराका साथ धनगढीमा हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । धनगढी जेसिजको आयोजनामा वैशाख १ गते दशौँ संस्करणको हाफ म्याराथन हुन लागेको हो । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जेसिज धनगढीका अध्यक्ष अरुण सिंहले नयाँ वर्षको अवसरमा हाफ म्याराथन प्रतियोगिता हुने र त्यसको तयारी लगभग पूरा भएको बताउनु भयो । उहाँले प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ६६ हजार ६६६ रुपैयाँ, ४४ हजार ४४४ रुपैयाँ र ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्रदान गरिने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button