तपाईँ सुन्दै हुनुहुन्छः

एक हजार ७६४ जनाको आँखा परीक्षण, ४९ जनाको शल्यक्रिया

गोरखा । जिल्लाको पालुङटार नगरपालिका स्थित आँपपिपल अस्पतालमा एक हजार ७६४ जनाको आँखा परीक्षण र ४९ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।

पालुङटार नगरपालिकाको समन्वय तथा आँपपिपल अस्पताल गोरखाको सह आयोजनामा हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा कर्माफ्लाइट्स फाउन्डेसन नेपाल कास्की पोखराद्वारा आयोजित २ दिने निःशुल्क वृहत् आँखा जाँच शिविर तथा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आँखा जाँच शिविर तथा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया कार्यक्रममा पालुङटार नगरपालिकाको ७७६, राइनास नगरपालिकाको ४७१ जना र सिरानचोक गा.पा.को ५१७ जना गरी कुल १७६४ जना स्थानीय निवासीहरूको आँखा जाँच (क्अचभभलष्लन) गरिएको थियो ।

राइनास नगरपालिकामा २६ जना, सिरानचोक गा.पा मा ६७ जना र पालुङटार नगरपालिकामा २१ जना गरी जम्मा १२१ जनाको मोतियाविन्दुको पहिचान भएकोमा राइनास न.पा को १० जना महिला, ९ जना पुरुष गरी १९ जना, सिरानचोक गा.पा को २ जना महिला १२ जना पुरुष गरी १४ जना र पालुङटार न.पा को ८ जना महिला ८ जना पुरुष गरी जम्मा १६ जना गरी कुल ४९ जना मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको थियो ।

बृहत् आँखा शिविर कार्यक्रमलाई सफल बनाउन लाग्नु हुने हिमालय आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा. श्री हरि माया गुरुङ, आँखा शिविर संयोजक श्री उमेश चन्द्र देबकोटा, कर्माफ्लाइट्स फाउन्डेसन नेपालका कार्यक्रम संयोजक प्रेम बहादुर कुँवर, आयरल्याण्डका दातृ निकायका प्रतिनिधि च्यददष् ज्यबमभ लाई विशेष आभारसहित पुनः अर्को कार्यक्रममा भेट्ने आशासहित बिदाई गरिएको पालुङटार नगरपालिका मेयर विवश चिन्तनले बताउनुभयो ।

गाउँमा विशेषज्ञ सेवा सहितको सुविधा पाएपछि सेवाग्राहीहरू खुशी भएका पालुङटार नगरपालिका वडा नम्बर २ का अध्यक्ष कृष्ण थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button