तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकबाट खसेर वीरगन्जमा एक भारतीय नागरिकको मृत्यु

वीरगन्ज । भारतबाट धान लोड गरी बाराको कलैयातर्फ जाँदै गरेको ट्रकबाट खसेर वीरगन्जमा सोही ट्रकका सहचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रकका सहचालक भारत बिहारको जहमावाद घर भएका ५५ वर्षीय महेश माझी रहेका छन् । प्रहरीका अनुसार, भारतबाट धान लिएर आएको २५ जिए ०४२५ नम्बरको भारतीय ट्रक वीरगन्जको ड्राइपोर्ट हुदैं बाराको कलैयातर्फ जाने क्रममा वीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित सडक खण्डमा सोमबार राति ११.३० बजेतिर सो ट्रकबाट खसेर सहचालक माझी गम्भीर घाइते भएका थिए ।

घाइते माझीको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिनुभयो ।

ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button