तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेनसँग वार्ता नभएको रूसको भनाइ

मस्को। युक्रेनमा सम्भावित शान्ति पहलका बारेमा जारी वार्तामा रुस संलग्न नभएको तर त्यस्ता विवरणबारे जानकारी सङ्कलन भइरहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताउनुभएको छ ।

यसअघि जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युक्रेनलगायत धेरै देशले सुरक्षा सल्लाहकारको स्तरमा युक्रेन सङ्कटमा शान्ति प्रक्रियालाई निम्त्याउन सक्ने पहलका बारेमा छलफल गरिरहेको उल्लेख गर्नुभएको थियो ।

“ती सबै देशहरू सम्भव भएसम्म अन्त्यसम्म युक्रेनलाई समर्थन गर्न आफ्नो राजनीतिक इच्छा शक्तिमा एकजुट छन्”, पेस्कोभले भन्नुभयो, “रूसी प्रशासनिक केन्द्र क्रेमलिनले यी सबै सूक्ष्मताहरूलाई सावधानीपूर्वक निगरानी गरिरहेको छ ।”

“‘अन्तिम युक्रेनी नागरिक रहेसम्म युद्ध गर्न’ किएभलाई उक्साउने र प्रोत्साहित गर्ने दृष्टिकोण युरोपमा हावी रहेको र युरोपेली राजनीतिक प्रतिष्ठानमा युद्धबारे विभिन्न दृष्टिकोण देखिएको तर युद्धको वातावरणमा कुनै परिवर्तन नभएको पेस्कोभले बताउनुभयो ।

शान्ति योजना वार्ताका कारण जर्मनी यस सङ्कटमा गाँजिएको क्रेमलिन प्रवक्ता पेस्कोभले जिकिर गर्नुभयो ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले यस सङ्कटमा सबैभन्दा चट्टानी अडान लिएको मस्कोले देखेको बताउँदै फेब्रुअरीमा युक्रेनमा विदेशी सैन्य दस्ता पठाउने म्याक्रोँको प्रस्तावबारे उहाँले उल्लेख गर्नुभयो ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button