तपाईँ सुन्दै हुनुहुन्छः

संसदीय समितिद्वारा कारागार र बाल सुधार गृहको अनुगमन 

नेपालगन्ज। बाँकेमा संसदीय समितिले कारागार र बाल सुधार गृहको अनुगमन गरेको छ ।प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले बाँकेमा रहेका कारागार र बाल सुधार गृहको अनुगमन गरेको हो ।

टोलीले अनुगमनका क्रममा बाल सुधार गृह प्रशासन, कारागार प्रशासन, कैदीबन्दी, बालविज्याइँकर्ता लगायतसँग अन्तरक्रिया गरी अवस्था बुझेको छ । समितिका सभापति सुवेदीले देशभरका बाल सुधार गृह र कारागारको अवस्थाको बारेमा स्थलगत अनुगमन र अन्तरक्रिया गरी सुझाव सङ्कलन गर्न ३ वटा टोली परिचालित भएको बताउनुभयो । उहाँले कारागार कार्यालय नेपालगन्ज तथा जयन्दु बाल सुधार गृहमा क्षमता भन्दा बढी कैदीबन्दी थुनुवा र बालविज्याइँकर्ता रहेको पाइएको बताउनुभयो । अनुगमनको क्रममा कारागार र बाल सुधार गृहमा मानव अधिकारको अवस्था, गर्नुपर्ने नीतिगत सुधार लगायतका विषयमा सुझाव सङ्कलन गरिएको बताउनुभयो ।

नेपालगन्ज कारागार ३ सय ५० क्षमताको रहेकोमा ८ सय ९६ जना कैदीबन्दी रहेका छन् । यसैगरी बाल सुधार गृहमा १ सय ९० जनाको क्षमता रहे पनि २ सय ४० जना रहेका छन् । क्षमता भन्दा बढी कैदी बन्दी थुनुवा र बालविज्याइँकर्ता रहँदा उनीहरूको बसाइँ पनि नाजुक अवस्थामा रहेको अनुगमन टोलीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button