तपाईँ सुन्दै हुनुहुन्छः

खेलकुदबाट अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार गर्न सकिने : मन्त्री श्रेष्ठ

?

पोखरा। युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार गर्न सहयोग पुग्ने बताए। पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्डको आयोजना र होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथ र ड्रागन बोर्ड एसोसिएसन गण्डकी प्रदेशको सह-आयोजनामा आजबाट सुरु भएको प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले खेललाई संस्कृति , प्राकृतिकको महत्व दिएर झाँकी र्‍याली सहितको उपस्थितिमाहुने खेलले बेगनास ताललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा खेललाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिएका थिए ।

यसै गरी गण्डकी प्रदेशका पूर्व मुख्य मन्त्री खगराज अधिकारीले यस  लेखनाथ क्षेत्रको सांस्कृतिक, धार्मिक तथा यस क्षेत्रमा रहेका सात तालको विकास गर्नुपर्नेमा जोड दिँदै पोखरामा रहेको फेवाताल जस्तै लेखनाथको क्षेत्रमा रहेका बेगनासताल, रुपाताल, खास्टे, मैदी, गुँदे, न्यूरोनी तालको विकास गर्न चाहेको बताए । लेखनाथको छुट्टै पहिचान भएको बताउँदै विकास निर्माणका हिसाबले लेखनाथ क्षेत्र ओझेलमा परेको स्वीकार गर्दै अधिकारीले यस क्षेत्रका बासिन्दाको भावनालाई आफूले सम्मान गर्ने बताए । प्रथम ड्रागन बोट रेसले महानगरवासी भएको झल्को दिएको बताउँदै अधिकारीले सकारात्मक सोचका साथ राष्ट्रिय अभियान समृद्ध नेपाल सुखी नेपाली स्वरोजगार र रोजगारी सिर्जना गर्ने अभियानमा सबै नेपालीको मन प्रतिबद्ध हुने विश्वास व्यक्त गरे ।त्यस्तै गरी नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख नवीन पोखरेलले पोखरा र लेखनाथमा वाटर स्पोटको रुपमा विकास गर्नुपर्नेमा जोड दिए। यस्ता कार्यक्रमले पोखरा र लेखनाथका सम्पदालाई चिनाउने बताउँदै यहाँका आर्थिक विकास गराउन सकिन्छ भन्ने धारणालाई मूर्तरूप दिएको बताए ।

यस अघि बेगनासताल देखि आमा समूहहरू, टोल विकास संस्थाहरू, युवा क्लबहरू लगायत विभिन्न सामाजिक संघ संस्थाहरू आफ्नो जातीय पहिचान सहित भेषभुषा, पञ्चेबाजा र झाँकी र्‍याली सहित कार्यक्रम स्थलमा सहभागी भएका  थिए । पोखरा महानगरपालिका तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकहरूको गन्तव्य स्थल बनाउने र समग्र लेखनाथ क्षेत्रको पर्यटक प्रवद्र्धन तथा प्रचार गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा पाँच सय मिटरमा प्रथम हुनेलाई दुईलाख, द्धितिय हुनेलाई एक लाख ५० हजार र तृतीय हुनेलाई ७५ हजार र दुईसय मिटरमा प्रथमलाई एक लाख द्धितियलाई ५० हजार र तृतीयलाई रु. २५ हजार नगद पुरस्कार प्रदान गरिने छ भने प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रका १६ टिमको सहभागिता रहेको थियो । भने प्रतियोगिता आज सम्पन्न हुँदै छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button