तपाईँ सुन्दै हुनुहुन्छः

आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा

काठमाडौँ।आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय टोलीका नियमित कप्तान रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्ने १५ सदस्यीय टोलीको घोषणा गरेको हो । १५ सदस्यीय टोलीमा कप्तान रोहितसँगै आशिफ शेख, अनिलकुमार शाह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र करण केसी परेका छन् ।

यसैगरि गुलशन झा, सोमपाल काकी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरी पनि विश्वकप खेल्ने टोलीमा परेका छन् । क्यानले टोलीमा राष्ट्रिय टोलीका नियमित सदस्य सहित तीव्र गतिका बलर कमल सिंह ऐरी र स्पिनर सागर ढकाललाई स्थान दिएको छ । यसैवर्ष अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकप क्रिकेट खेल्ने टोलीहरुलाई आफ्नो सदस्यको नाम दिन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले आजसम्मको समयसीमा तोकेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button