तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ–३ गोपेटारमा  चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।

ग्रामथाम गाउँपालिका– ४ मोरङ घर भई प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय पाण्डव कुमार माझीको चट्याङ लागेर मृत्यु भएको हो ।

मङ्गलवार साँझ गस्ती गरिरहेका माझी हावाहुरी पानी सँगै चट्याङ परेकाले चौकीको ढोकामा उभिएको अवस्थामा चट्याङको झड्का लागेको पाँचथर प्रहरीले जनाएको छ ।

झड्का लागेर घाइते भएका माझीलाई स्वास्थ्य चौकी गोपेटारमा प्राथमिक उपचारपश्चात् जिल्ला अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button