तपाईँ सुन्दै हुनुहुन्छः

इच्छाकामनामा १८ हजार बाख्रालाई पिपिआर रोग विरुद्धको खोप 

चितवन । इच्छाकामना गाउँपालिकाका ७ वटै वडामा गरी १८ हजार बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइएको छ ।

इच्छाकामना गाउँपालिकाको प्राविधिक सहयोगमा बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास निर्देशनालय र पशु सेवा कार्यालय चितवनको आयोजनामा सञ्चालन भएको सप्ताहव्यापी खोप कार्यक्रम सम्पन्न गरिएको हो ।

पशु सेवा प्राविधिक रञ्जित विकले इच्छाकामना–१ र २ मा तीन/तीन हजार , वडा–७ मा चार हजार र वडा–३, ४, ५ र ६ मा दुई÷दुई हजार खोप लगाइएको जानकारी दिनुभयो  ।

पिपिआर रोग लागेमा यसको उपचार नहुने र धेरै बाख्रा मर्ने हुँदा यस्तो उत्तम विकल्प खोप नै रहेको पशुपन्छी विकास शाखाका प्रमुख डा.सुनिल ज्ञवालीले बताउनुभयो  । उहाँका अनुसार यो वर्ष थप पाँच हजार बाख्रामा खोप लगाउने तयारी छ । 

गत वर्षको तुलनामा दोब्बर बाख्रामा खोप लगाइएता पनि खोप अझै पर्याप्त नरहेको उहाँले बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button