तपाईँ सुन्दै हुनुहुन्छः

इलाम २ मतगणना : ४ हजार ९८६ मतले एमालेका सुहाङ अगाडि

इलाम I इलाम निर्वाचन क्षेत्र २ मा  भएको निर्वाचनको पछिल्लो मतगणनाअनुसार नेकपा (एमाले) का सुहाङ नेम्वाङको अग्रता कायम छ ।

नेम्वाङले ४९८६मतले नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई पछि पार्नुभएको छ । 

पछिल्लो परिणामअनुसार सुहाङले १३९००मत प्राप्त गर्दा काँग्रेसका खडकाले ८९१९मत प्राप्त गरेका छन्  । त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ८२८५मत  रास्वपाका उम्मेदवार मिलन लिम्बु १९४५ मत प्राप्त गर्नु भएको छ   । 

 यस क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार २ सय ८७ जनाले मतदान गरेको कार्यालयले जनाएको छ । हालसम्म ३२ हजार ६३८ मत गणना भैसकेको छ । नेकपा एमाले उपाध्यक्ष सांसद संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम २ मा उपनिर्वाचन हुदैछ ।

१९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।  हालसम्म फाकफोकथुम , चुलाचुली र माङ्सेबुङ गाउँपालिका र  माईनगरपालिकाको गणना सम्पन्न  भएको छ ।  देउमाई नगरपालिकाको १ को गणना सम्पन्न भएको छ भने ८ वटा वडा बाकी रहेको छ ।  इलाम नगरपालिका गणना गर्न बाकी रहेको छ ।  एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार २ सय ८७ जनाले मतदान गरेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button