तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक :मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने

धनगढी । नेकपा एमालेले मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ । धनगढीमा आज बसेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

बैठकमा सहभागी प्रदेश सभा सदस्य धर्मराज पाठकले दलको बैठकले भोली जेठ ३ गते प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले लिने विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले एमाले तत्काल सरकार नजाने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । यसैगरी बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमका लागि सत्ता साझेदार दलसँग छलफल गर्ने निर्णय भएको उहाँले बताउनु भयो ।

वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता  सोडारीलाई जेठ ४ गते भित्र विश्वासको मत लिई सक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ । मुख्यमन्त्री सोडारीलाई एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, स्वतन्त्रको समर्थन रहेको छ । 

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ जना आवश्यक पर्छ । यहाँ काँग्रेस १८, एमाले ११, माओवादी केन्द्र (सभामुख सहित) ११, नागरिक उन्मुक्ति ७, एस ४, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेश सभा हुनु हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button