तपाईँ सुन्दै हुनुहुन्छः

सत्तागठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी

काठमाडौँ । नयाँ सत्तागठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी छ ।

नयाँ सत्तागठबन्धन दलबीच मन्त्रालय बाडफाँड, गठबन्धन दलको साझा नीति तथा कार्यक्रम र अन्य दलसँगको सहकार्य लगायतका विषयमा छलफल गर्न कार्यदलको बैठक बसेको हो ।

गठबन्धन दलका शीर्ष नेताहरुको आजै दिउसो तीन बजे बस्ने बैठकअघि कार्यदलले आफ्नो सुझाव दिनेछ ।

कार्यदलमा एमालेबाट महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र) बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठ रहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button