तपाईँ सुन्दै हुनुहुन्छः

स्व. खड्काको स्मृतिमा प्रदेश स्तरीय अन्तरपालिका भलिबलको आयोजना

दोलखा । जनयुद्धको क्रममा सहिद हुनुभएका माओवादी केन्द्रका नेता स्व. रितबहादुर खड्काको स्मृतिमा दोलखा युवा सञ्जालले प्रथम बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको आयोजना गरेको छ ।

सोमबारबाट दोलखा सदरमुकाम चरिकोटमा माओवादी नेतृ एवं पूर्व राज्यमन्त्री देवी खड्काले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगितामा बागमती प्रदेशका १४ वटा पालिका टिमको सहभागिता रहेको आयोजक दोलखा युवा सञ्जालका अध्यक्ष पुष्कर अधिकारीले बताउनुभयो ।

प्रतियोगितामा विजेता टिमलाई दुई लाख ५१ हजार, उपविजेता टिमलाई एक लाख ५१ हजार, तृतीय हुने टिमलाई ५१ हजार र सान्त्वना हुने टिमलाई २१ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक दोलखा युवा सञ्जालले जनाएको छ ।

दोलखा युवा सञ्जालका अध्यक्ष पुष्कर कुमार अधिकारीको सभापतित्वमा सम्पन्न खेल उद्घाटन कार्यक्रममा माओवादी केन्द्रको नेतृ एवं पूर्व राज्यमन्त्री देवी खड्का, नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button