तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश सभाद्वारा आमसञ्चार विधेयक पास

कास्की । गण्डकी प्रदेश सभाले आमसञ्चार विधेयक पास गरेको छ । प्रदेश सभाले वर्षौंदेखि थाती रहेको आमसञ्चार विधेयक पास गरेको हो ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रस्तावमा सर्वसम्मत रूपमा विधेयक पास भएको हो ।

विधेयक पास भएसँगै सञ्चारमाध्यम दर्तादेखि नवीकरणसम्मको सुविधा प्रदेशबाटै हुनेछ । विधेयक पारितसँगै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशमा आमसञ्चार माध्यमलाई स्वतन्त्र, मर्यादित र जिम्मेवार बनाई विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा सञ्चारको हकलाई थप प्रभावकारी बनाउन टेवा पुग्ने विश्वास लिएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button