तपाईँ सुन्दै हुनुहुन्छः

शान्ति प्रक्रिया चाडै टुङ्गोमा पुग्ने छ : नेतृ शर्मा

दाङ । निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले शान्ति प्रक्रिया चाडै टुङ्गोमा पुग्ने बताउनुभएको छ ।

माओवादी केन्द्र दाङको घोराही नगर समितिले आयोजना गरेको कार्यक्रममा उहाँले शान्ति प्रक्रियालाई जसरी पनि टुङ्गोमा पुर्‍याउने बताउनुभयो । अहिलेको मुख्य कार्यभार शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने भएकाले प्रधानमन्त्री यसमै केन्द्रित भएर अघि बढेको पनि उहाँले स्पष्ट गर्नुभयो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज निर्मल आचार्यले स्थानीय स्तरका जनसरोकारका काम स्थानीय पार्टी कमिटीले गर्नुपर्ने उल्लेख गर्दै त्यसका लागि स्थानीय नेता कार्यकर्ताको क्षमता विकास गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीले चाल्ने कदमको दृढतापूर्वक कार्यान्वयन गर्न पनि सबै कार्यकर्तालाई निर्देशन दिनुभयो ।

माओवादी केन्द्र घोराहीका अध्यक्ष रमेशकुमार ओलीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य भीमकुमारी बुढा, प्रदेश सदस्यहरु तुलसी डाँगी, प्रमिता चौधरी, जिल्ला सचिव विश्वराज आचार्य लगायतले बोल्नुभएको थियो ।

सो क्रममा पार्टी कार्यालय व्यवस्थापनमा सहयोग गर्ने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button