तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमालेको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसिरहेको छ ।  

बैठकमा विकसित राजनीतिक घटनाक्रम, राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विषयमा छलफल भइरहेको नेताहरूले जानकारी दिनु भएको छ । 

बैठकमा अध्यक्ष ओलीले सत्ता गठबन्धनमा खटपट आएपछि हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच हिजो अबेर साँझसम्म भएको छलफलका विषयवस्तुबारे जानकारी दिनु भएको  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button