तपाईँ सुन्दै हुनुहुन्छः

धनगढीमा प्रादेशिक ललितकला प्रदर्शनी शुरु

धनगढी । कैलालीको धनगढीमा आजदेखि प्रादेशिक ललितकला प्रदर्शनी शुरु भएको छ ।

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र सुदूरपश्चिम प्रदेश प्रज्ञा-प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजित ललितकला प्रदर्शनीको मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गर्नुभयो । उहाँले कलाकृतिको सम्वद्धर्नका लागि प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभयो ।

प्रदर्शनीमा हस्तकला, मूर्तिकला, चित्रकला लगायत प्रदर्शनी रहने छन् । फागुन २४ गतेसम्म चल्ने प्रदर्शनीमा करिब २ सय कलाकारको कलाकृति राखिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button