तपाईँ सुन्दै हुनुहुन्छः

एग्रो फर्ममा आगलागी हुँदा सिन्धुपाल्चोकमा २ सय वटा बाख्रा र पाठापाठी जलेर नष्ट

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा न १२ स्थित एक बाख्रा फर्ममा आगलागी हुँदा २ सय वटा बाख्रा र पाठापाठी जलेर नष्ट भएको छ ।

स्थानीय विष्णुमाया गिरीले सञ्चालन गर्दै आउनुभएको विष्णु एग्रो फर्ममा शनिबार राति हाइभोल्टे विद्युत् प्रवाह हुँदा आगलागी भई २ सय वटा बाख्रा र पाठापाठी जलेर नष्ट भएको सञ्चालक गिरीले जानकारी दिनुभयो ।

फर्ममा २ सय पचास वटा बाख्रा र पाठापाठी रहेको थियो । आगलागीबाट बोयर जातका बाख्रा र पाठापाठीसँगै दुई तल्लाको फर्म पनि पूर्णरुपमा ध्वस्त भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button