तपाईँ सुन्दै हुनुहुन्छः

कला र संस्कृतिका लागि मौलिकता जरुरी : मन्त्री किराँती

भोजपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले कला र संस्कृतिको लागि मौलिकता पनि आवश्यक रहेको बताउनुभएको छ ।

भोजपुर सदरमुकाममा गायन तथा नृत्य तर्फको भोजपुर गट टयालेन्ट प्रतियोगिता २०८० को फाइनल चरणको उद्घाटन गर्दै मन्त्री किराँतीले गीत, सङ्गीत र कलाको माध्यमबाट समाजको अनुहार देखाउन जरुरी रहेको बताउँदै मौलिकतामा फर्किन सकिए विश्वमै नेपालको नाम राख्न सकिने बताउनुभयो ।

गाउँबाट प्रतिभा पहिचान गरेर यहाँसम्म ल्याउने कार्यक्रमहरू उत्कृष्ट भएको भन्दै मन्त्री किराँतीले कला र संस्कृति कायम राख्न जरुरी रहेको बताउनुभयो ।

फाइनल चरणका लागि गायनतर्फ छ जना र नृत्यतर्फ छ जना छनौट भएका थिए । त्यस अवसरमा प्रतियोगीका साथै कलाकारहरू मेलिना राई, धिरज राई, सुबोध गौतम लगायतले आ–आफ्ना प्रस्तुति दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button