तपाईँ सुन्दै हुनुहुन्छः

२०८४ मा कायापलट हुँदैन : काँग्रेस महामन्त्री शर्मा

भोजपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २०८४ मा केही पनि कायापलट नहुने बताउनुभएको छ ।

उहाँले अन्य दलहरूले ल्याएको मिसन ०८४ मा मुलुकमा केही पनि कायापलट नहुने बताउँदै त्यसले काँग्रेसलाई केही पनि असर नहुने बताउनुभयो ।

नेपाली कांग्रेस भोजपुरको जिल्ला सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा संघीय सांसद समेत रहनुभएका शर्माले राणा शासनको अन्त्य हुँदै मुलुकलाई यहाँसम्म ल्याउने काम नेपाली कांग्रेसको प्रमुख देन भएकाले सबैलाई समेटेर अघि बढ्नु काँग्रेसको प्रमुख दायित्व भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button