तपाईँ सुन्दै हुनुहुन्छः

‘विकास साझेदार संस्थाको सहयोग सदुपयोग गर्न सके मुलुकको विकास हुन्छ’

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले विकास साझेदार संस्थाको सहयोग सदुपयोग गर्न सके मात्र मुलुकको विकास हुने बताउनुभएको छ । उहाँले प्रदेश सरकारले स्थानीय उत्पादन र सीपको प्रयोग गरेर सर्वसाधारणको जीवनस्तर उकास्न चाहेकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

शुक्रबार हरित उत्थानशील समावेशी विकासका लागि रुपन्देहीको भैरहवामा आयोजित अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाको बैठक समापनमा चौधरीले यसअघि संघीय राजधानीमा मात्र आयोजना हुने यस्ता छलफलको विकेन्द्रीकरण हुनु सुखद भएको बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाले विभिन्न परियोजनामार्फत प्रदेशमा गरेको लगानी खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यस्तो लगानी नागरिकको स्तरमा पुर्‍याउने गरी काम गरिने बताउनुभयो ।

छिटो छिटो कर्मचारी परिवर्तनको समस्या अन्त गर्न प्रदेशले आफ्नै कर्मचारी नियुक्ति प्रक्रिया थालिसकेकाले परियोजना कार्यान्वयनमा सहयोग पुग्ने उहाँले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button