तपाईँ सुन्दै हुनुहुन्छः

गायक अवस्थीको जनचेतनामूलक गीति वृत्तचित्र ‘लागू औषध छोडौँ’ सार्वजनिक  

काठमाडौँ । गीत सङ्गीत मनोरञ्जन दिनकै लागि लेख्ने र गाउने गरिन्छ । तर पछिल्लो समयमा मनोरञ्जन सँगसँगै सन्देश र सचेतना दिनका लागि पनि गीत सङ्गीत कै प्रयोग हुने क्रम बढी रहेको पाइन्छ । 

लोकप्रिय गायक एवम् गीतकार तथा सङ्गीतकार रामप्रसाद अवस्थीले सामाजिक जनचेतनामूलक गीति वृत्तचित्र ‘लागू औषध छोडौँ’ बोलको गीत बजारमा ल्याउनुभएको छ । 

उहाँले पछिल्लो समयमा समाजमा विकराल बन्दै गइरहेको लागू औषध दुर्व्यसनी र यसले समाजमा पारिरहेको प्रभावका विषयलाई समेटेर सन्देशमूलक लागू औषध छोडौँ बोलको गीति वृत्तचित्र बजारमा ल्याउनुभएको हो । 

समाज सचेत पार्ने युवालाई जिम्मेवार बनाउने र युवा पुस्ता लागू औषधको कुलतमा नफस्न सन्देश दिने गरी गीत आएकोले लागू औषध सेवनबाट टाढै बस्न गीतले सन्देश दिएको छ । 

गायक अवस्थीको परिकल्पना र शब्द सङ्गीतमा रहेको उक्त गीतमा गायिका शान्ति श्रीपरियारले पनि स्वर दिनुभएको छ । गीतलाई स्मति तिमिल्सिना (गुरुआमा)ले निर्देशन गर्नुभएको छ ।

लागू औषध दुर्व्यसन रोकथाम तथा नियन्त्रण ब्युरोसँगको सहकार्यमा निर्माण गरिएको गीति वृत्तचित्रलाई बिहीबार एक कार्यक्रमका बीच नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आइजिपी) बसन्त बहादुर कुँवरले विमोचन गर्नुभएको थियो । 

सो क्रममा प्रहरी महानिरीक्षक कुँवरले समाजसँग हातेमालो गर्दै लागू औषध दुर्व्यसनको रोकथाम तथा नियन्त्रणको क्षेत्रमा सहकार्य र साझेदारी गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउनुभयो  । 

से अवसरमा कला र गलामार्फत समाजमा यस्ता खाले गीति वृत्तचित्रले आफु मात्रै होइन परिवारलाई समेत कस्तो प्रभाव पार्दछ भन्ने कुरोको उजागर पारेको हुँदा गायक रामप्रसाद अवस्थीसहित गीतसँग जोडिएका सबै कलाकारलाई नेपाल प्रहरीले सम्मान गरेको थियो । 

गीति वृत्तचित्र नेपाल प्रहरी सांस्कृतिक समाज र टोखा नगरपालिकाको सहकार्यमा तयार पारिएको थियो । 

बैतडी जिल्लामा जन्मनुभएका गायक अवस्थीले गीत सङ्गीतबाटै माया प्रीतिका गीत सँगसँगै भ्रष्टाचार विरोधी गीतहरू गाउँदै लेख्दै समाजमा जनचेतना जगाउन प्रयत्नशील रहँदै आउनुभएको छ  ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button