तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु 

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी स्थायी कमिटी बैठक सुरु भएको हो । बिहान ११ बजेका लागि तय गरिएका बैठक पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समय अभावका कारण दिउसो १ बजेका लागि सारिएको थियो । 

बैठकमा कार्य विभाजन, भावी योजना र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल एवम् समीक्षा हुने उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । 

बैठकमा यसअघि सम्पन्न पार्टीको विशेष अभियानबारे प्रदेश इन्चार्जले प्रस्तुत गर्नुभएको  प्रतिवेदन, भर्खरै सम्पन्न विधान अधिवेशन र केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयनका विषयमा  समेत छलफल हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button