तपाईँ सुन्दै हुनुहुन्छः

हिटवेभको जोखिममा रहेका समूहलाई सचेतन दिन स्वयंसेवक परिचालन

बाँके । हिटवेभको जोखिममा रहेका समूहलाई सचेतना जागरण गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले स्वयंसेवक परिचालन गरेको छ । 

हरेक वर्ष गर्मीयाममा तराईका जिल्लाहरूमा तापक्रम बढ्दै गरेको जल तथा मौसम विज्ञान विभागले बुलेटिन जारी गर्दै आगामी ५ दिनसम्म निरन्तर तापक्रम बढी रहने बताए पछि रेडक्रसले घरघरमा स्वयंसेवक परिचालन गरेको हो । 

तापक्रमले जनजीवन प्रभावित बने पछि नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ र २२ मा तातो हावाको उच्च जोखिम रहेका घरपरिवारहरू जस्तै टिनको छाना भएको घर, दीर्घ स्वास्थ्य समस्या भएका बिरामी, गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका लगायत संकटासन्न  व्यक्तिहरूको घर घरमा पुगी सचेतनामूलक सूचना दिने र तातो हावाको लहरको जोखिमबाट घरायसी स्तरमा गर्न सकिने सामान्य सावधानी तथा गर्मीको कारण हुने बिमारीको लक्षण देखिएमा गर्नुपर्ने उपचारको बारेमा घरमै पुगेर स्वयंसेवकहरूले जानकारी दिने रेडक्रसका सभापति गोवर्धन सिंहले बताउनु भयो ।

अमेरिकन रेडक्रस, नेपालगन्ज उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको संयुक्त साझेदारीमा नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा तातो हावाको लहर लू प्रतिकार्य कार्यक्रम सञ्चालन भइरहेको छ ।

रेडक्रस बाँकेका उपनिर्देशक दोलक बहादुर डाँगीले प्रत्येक वडामा तिन तिन जना स्वयंसेवक परिचालन गरेको बताउँदै उहाँले अन्य पालिका सँग समन्वय गरी आवश्यकता अनुसार परिचालन गर्ने बताउनु भयो ।

जनप्रतिनिधि, महिला स्वयंसेविका, रेडक्रसका स्वयंसेवक र नेपालगन्ज उपमहानगरपालिका लगायतको सहभागितामा लू प्रतिकार्य सम्बन्धी एक दिने अन्तरक्रिया नेपालगन्जमा सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा रेडक्रसका मन्त्री अजिज अहमद सिद्धिकि, वडा नं. ६ का अध्यक्ष समिर जङ्ग शाह, रेडक्रसका कार्यक्रम संयोजक निरन्जना मल्ल, ओम प्रकाश श्रीवfस्ताव लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button