तपाईँ सुन्दै हुनुहुन्छः

कार्यसम्पादन मूल्याङ्कनमा सन्धिखर्क देशकै पहिलो नगरपालिका

अर्घाखाँची । आर्थिक वर्ष २०७९/०८० को राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा स्थानीय तहको कार्यसम्पादनमा मूल्याङ्कनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशकै प्रथम स्थानीय तह हुन सफल भएको छ ।

देशभरका ७५३ तहको मूल्याङ्कन गर्ने व्यवस्था रहेको सन्धिखर्क नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो । जसमा कुल १७ वटा सूचक रहेकोमा ३ वटा सूचक मूल्याङ्कनमा समावेश नगरी १४ वटा सूचकको कुल ७६ अङ्कको नतिजा प्रकाशित हुँदा सन्धिखर्क नगरपालिकाको ६१.८१ अङ्क ल्याई नेपाल कै प्रथम हुन सफल भएको छ ।

नागरिकलाई केन्द्रमा राखेर प्रभावकारी सेवा प्रवाहको व्यवस्थाको साथै मूल्याङ्कनमा सबै सूचकहरूमा राम्रो अङ्क ल्याउन सफल भएको छ भने बाँकी ३ वटा सूचकमा सबैलाई ० अङ्क दिइएको र अङ्क दिएमा सबैलाई समान अङ्क आउने कार्यसम्पादन सूचकको मूल्याङ्कनको फोकल व्यक्ती तथा योजना उपशाखा प्रमुख दिलीप कुमार के.सीले जानकारी दिनुभयो ।

चितवनको भरतपुर महानगरपालिका ५६.२९ अङ्क सहित दोस्रो र गुल्मीको मालिका गाउँपालिका ५५.४० अङ्क ल्याएर तेस्रो भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button