तपाईँ सुन्दै हुनुहुन्छः

लगानी सम्मेलनमा दुई समझदारीमा हस्ताक्षर           

काठमाडौँ । लगानी सम्मेलनको उद्घाटन समारोहमा लगानी सम्बन्धी दुई छुट्टा छुट्टै समझदारी पत्रहरूमा हस्ताक्षर भएको छ ।

त्यस क्रममा नेपाल र मलेसियाको निजी क्षेत्रबीच आपसी व्यापार र लगानी प्रवर्द्धनका लागि दुई पक्षीय समझदारीमा हस्ताक्षर भएको छ ।

लगानी सम्मेलनको क्रममा प्रधानमन्त्री सहित विदेशी अतिथिहरूको उपस्थितिमा त दुवै समझदारी पत्रमा हस्ताक्षर र आदान प्रदान भएको हो ।

समझदारी पत्रमा नेपालको तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा मलेसियाको तर्फबाट त्यहाँको नेशनल चेम्बर अफ कर्मश एण्ड इन्डस्ट्रीका अध्यक्ष टायन सि डाटो थायन लाईले हस्ताक्षर गर्नु भयो । समझदारी अनुसार दुवै संस्थाले एक अर्का मुलुकमा आपसी व्यापार तथा लगानी प्रवर्द्धनका लागि सहकार्य गर्नेछन् ।

त्यसै गरी भारतको योट्टा डेटा सर्भिसेस र नेपालको बिएलसि होल्डिड प्रा लि बीच नेपालमा क्लाउड डेटा सेन्टर स्थापना सम्बन्धी समझदारी पनि भएको छ ।

समझदारी अनुसार काठमाडौँको रामकोटमा डेटा सेन्टर स्थापना गर्न दुवै कम्पनीले संयुक्त लगानी गर्ने छन् । 

लगानी सम्बन्धी समझदारीमा नेपालको बिएलसि होल्डिड प्रालि प्रबन्ध निर्देशक मेघा चौधरी तथा भारतको योट्टा डेटा सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले समझदारी पत्रमा हस्ताक्षर गरी आदान प्रदान गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button