तपाईँ सुन्दै हुनुहुन्छः

 बाँके कम्दि कोरिडोरका किसान बेसार खेतीतर्फ आकर्षित

बाँके । जङ्गली जनावरले धेरै सताउन थालेपछि कम्दि कोरिडोर क्षेत्रका किसानहरुले जङ्गली जनावरका कारण अन्नबाली क्षति भएको भन्दै वैकल्पिक खेतीका रुपमा बेसार खेती सुरु गरेका छन् ।

कोहलपुर नगरपालिका वडा नम्बर -७ सल्यानी टोलमा एउटा उपभोक्ता समूह छ । जुन समूहमा १८ जना महिला दिदिबहिनीहरुले आस्था सामुदायिक वन उपभोक्ता समूह नाम दिई उक्त बेसार उत्पादन सुरु गरेका छन् । र बेसारलाई ब्राण्ड बनाउनको लागि कम्दि जैविक बेसार नाम समेत दिइएको छ।

पछिल्लो समय निकुञ्जको स्थापना भए सङ्गै जनावरहरू आहारा खोज्दै गाउँ पस्न थालेर क्षति पुर्‍याउन थालेपछि यहाँका महिलाहरू बेसार खेतितर्फ आकर्षित भएका हुन् ।अन्नबालीको उत्पादन लिन नसकेका किसानहरुले बेसार खेतीबाट राम्रो आम्दानी लिन थालेको सामुदायिक वन  उपभोक्ता समिति सदस्य पूर्णकला गिरि बताउनु हुन्छ। उहाँले पन्ध्र कठ्ठा जग्गाबाट सुरु गरेको बेसार खेती यो बर्ष जग्गा थप गरिने बताउनु भयो।

जङ्गली जनावरले धान मकै गहुँ लगायत अन्नबाली नोक्सान गरिदिँदा परम्परागत तवरले खेती गर्दै आएका किसानहरुले विकल्पका रुपमा बेसार खेती सुरु गरेका हुन् ।

सामुदायिक वनमा आबद्ध उपभोक्ताको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले तराई भू-परिधिले किसानहरूलाई निःशुल्क रुपमा बेसारको बिउ तथा तालिम सङ्गै १ लाख १० हजारको बेसार पिस्ने र प्याकिङ गर्ने मेसिन समेत उपलब्ध गराएको थियो तराई भू-परिधि कार्यक्रमका फिल्ड सुपरभाइजर   तिलक चौधरी बताउनु हुन्छ ।

वर्षभरि गरेको मेहनतको फसल छिन भरमै जङ्गली जनावरले खाइदिनाले पीडित बनेका किसानले पछिल्लो समय बेसार खेतीबाट राम्रो आम्दानी लिन थालेका छन् ।

जङ्गली जनावरले लगाएको अन्नबाली नास गरिदिने बाली भित्राउन नपाउने गरेको र विकल्पमा रुपमा कम्दि जैविक बेसार नाम दिएर बेसार उत्पादन गरेर वार्षिक ३र४ लाख कमाउने गरेको स्थानीय महिला किसानहरूको भनाई छ। 

समूहका महिला दिदिबहिनीहरुले उत्पादन गरेको बेसार प्रतिकिलो ३ सय रुपैयाँमा बिक्री हुँदै आएको छ तर बेसार खेती गर्दै आएका किसानहरूलाई पहिले पहिले यहाँ समूह मार्फत बेसार उत्पादन हुन्छ भन्ने थाह नपाउँदा बजारीकरणको समस्या बेहोर्नु परेको अहिले समूहका दिदिबहिनीहरुको सक्रियताले बजारीकरण गर्न सहज भएको र घरमै आएर बेसार लैजाने गरेको पूर्णकला गिरिको भनाई छ। ।

राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र र कोरिडोर क्षेत्रका किसानका लागि बेसार खेती उपयुक्त भएको र बाँके जिल्लालाई बढी बेसार उत्पादन गर्ने जिल्लाका रुपमा बिकास गर्न सकिने सरोकारवाला बताउँछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button