तपाईँ सुन्दै हुनुहुन्छः

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन हुन्छ : प्रधानमन्त्री

भैरहवा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन हुने बताउनुभएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवा रुपन्देहीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुर्णरुपमा सञ्चालनको माग गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले उद्योगी व्यवसायीका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले साप्ताहिक रुपमा एकतर्फी मात्र उडान भइरहेकोले कम्तीमा दैनिक दुईतर्फी उडान सञ्चालन हुने व्यवस्था होस भन्ने माग गर्दै ध्यानाकर्षण पत्र बुझाइएको बताउनुभयो ।

चिन, थाइल्यान्ड, जापान, दक्षिण कोरिया, श्रीलङ्का, भियतनाम, कम्बोडिया, म्यानमार जस्ता बढी बुद्ध धर्म मान्ने देशहरूबाट लुम्बिनी भ्रमणमा आउने गरेकाले देशहरूसँग कूटनीतिक पहल गरि हप्ताको एक उडानका लागि उद्योग वाणिज्य सङ्घले माग गरेको छ ।

प्रधानमन्त्रीबाट भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसँग सिधै सञ्चार सम्पर्क गरी भैरहवामा भारतीय सरकारी तथा निजी विमान सेवा कम्पनीबाट कम्तीमा दिल्ली र लखनउसम्म उडानका लागि पहल गर्न उद्योग वाणिज्य सङ्घले आग्रह गरेको छ ।

नियमित उडान नहुँदा यश क्षेत्रको पर्यटन बजारहरू चलायमान हुन नसकेको र निजी क्षेत्रको अर्बौँ लगानी समेत जोखिममा परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button