तपाईँ सुन्दै हुनुहुन्छः

विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा मुख्यमन्त्रीको जोड

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

गण्डकी विश्वविद्यालयले चौथो वार्षिकोत्सव समारोहमा मुख्यमन्त्री पाण्डेले दक्ष जनशक्तिलाई स्वदेशमै रोजगारी दिन सके मुलुकको समृद्धिमा टेवा पुग्ने बताउनुभयो ।

विश्वविद्यालयमा हाल सूचना प्रविधि, खेलकुद व्यवस्थापन, औषधी विज्ञान, कानुन र व्यवस्थापन गरी स्नातक तहका पाँच सङ्कायमा ४ सय ७५ विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button