तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार चन्दलाई धनगढीमा नागरिक अभिनन्दन

धनगढी । पूर्व प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई धनगढीमा नागरिक अभिनन्दन गरिएको छ । 

नेपाली साहित्य तथा राजनीतिमा पुर्‍याउनुभएको योगदानको उच्च सम्मान गर्दै पूर्व प्रधानमन्त्री चन्दलाई नागरिक अभिनन्दन गरिएको हो । 

आज धनगढीमा आयोजित एक समारोहका बीच नागरिक अभिनन्दन मुल समारोह समितिका संयोजक मायाप्रकाश भट्टले पूर्व प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार चन्दलाई सम्मानपत्र तथा तथा दोसल्ला ओढाएर अभिनन्दन गर्नुभयो । 

विभिन्न साहित्यकार लगायतको सहभागिता रहेको अभिनन्दन समारोहमा फाग, भुवा नाच, पञ्चेबाजा, छलिया, रानाथारु नाच प्रस्तुत गरिएको थियो ।

नेपालको चार पटक प्रधानमन्त्री हुनुभएका वरिष्ठ साहित्यकार चन्दलाई २०५४ सालमा ‘बिसर्जन’ कृतीका लागि मदन पुरस्कार प्रदान गरिएको थियो । उहाँका हिउँको तन्ना, नेताका साथी, पाहुन घर, अपराजिता लगायतका दर्जन बढी साहित्यिक कृति प्रकाशन भएका छन् ।  कविता, निबन्ध, कथा विधामा कलम चलाउनुभएका वरिष्ठ साहित्यकार चन्दले नेपाली, अङ्ग्रेजी र हिन्दी गरि तीन भाषामा साहित्यिक कृती लेख्नुभएको छ ।

 नागरिक अभिनन्दन अघि उहाँलाई स्थानीय भेषभुषा, लोकसंस्कृति झल्कने विभिन्न झाँकीसहित धनगढी बजार परिक्रमा गराइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button