तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुमा पाँच किलो चरेससहित दुई महिला पक्राऊ

कपिलवस्तु । कपिलवस्तु प्रहरीले लागु औषध चरेससहित कृष्णनगर नाका नजिकबाट २ महिलालाई पक्राउ गरेको छ ।

ईप्रका कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलिले ४ किलो ९ सय ६४ ग्राम लागु औषध चरेससहित दुई महिलालाई नियन्त्रणमा लिएको हो ।

सोमबार साँझ रोल्पाबाट कपिलवस्तुको कृष्णनगर हुँदै भारततर्फ जाँदै गरेको अवस्थामा रोल्पा दुई खोली गाउँपालिका १ बस्ने वर्ष ३३ की रश्मी बुढाको साथबाट ३ किलो १ सय ३८ ग्राम र वर्ष ४३ की तुलसा रोका मगरको साथबाट १ किलो ८ सय २६ ग्राम लागु चरेस प्रहरीले बरामद गरेको हो ।

प्रहरीलाई प्राप्त गोप्य सूचनाको आधारमा उनीहरूलाई खानतलासी गर्दा कपडाको पेटी बनाई कम्मरमा बाँधी लुकाइ छिपाई राखेको अवस्थामा बुढाको साथमा ५ पोका र रोका मगरको साथमा ४ पोका चरेश फेला परेको हो ।

लागु औषध चरेससहित पक्राउ गरि थप अनुसन्धान भइरहेको कृष्णनगर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button