तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष सुरक्षा परिषद्को प्रतिवेदन प्रस्तुत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार आर्थिक वर्ष २०७९/८० को सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।

प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले मुलुकको स्वतन्त्रता, अखण्डता, सार्वभौमिकता र राष्ट्रिय सुरक्षाका सम्बन्धमा परिषद् सधैँ चनाखो रहने विश्वास व्यक्त गर्नुभयो ।

मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको संरक्षण गर्दै राष्ट्रिय एकताको प्रवद्र्धन गर्न, विभिन्न जातजाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गरी सङ्घीय एकाइबीच परस्परमा सहयोगात्मक सम्बन्ध विकास गर्न, राष्ट्रिय सुरक्षा प्रणालीको विकास गरी शान्ति सुव्यवस्था कायम गर्न एवं सर्वाङ्गीण मानवीय सुरक्षाको प्रत्याभूति कायम गर्न राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डाक्टर प्रकाशशरण महतको पनि उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button