तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्र केन्द्रीय समिति बैठकः अध्यक्ष प्रचण्डले धारणा राख्नुहुँदै

काठमाडौं। प्रदेशका इञ्चार्जको रिपोर्टिङ सकिएसगै नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज आफ्नो धारणा राख्दै हुनुहुन्छ ।

सो पार्टीको केन्द्रीय समितिको बैठक हिजोदेखि काठमाण्डौमा सुरु भएको हो । विधान सम्मेलनको तयारीमा रहेको माओवादीले त्यसैको तयारी र जनतासँग माओवादी विशेष अभियान’ को विशेष समीक्षा गर्न केन्द्रीय समितिको बैठक बोलाएको हो ।

हिजोको बैठकमा प्रदेशका ‘इञ्चार्ज’ र अध्यक्षहरुले आ–आफ्नो प्रदेशको अवस्थाका बारेमा जानकारी गराउनुभएको पार्टी सचिव गणेश साहले जानकारी दिनुभयो ।

रिपोर्टिङका क्रममा उहाँहरुले रुपान्तरण अभियानले पार्टी र जनताबीचको सम्बन्ध विस्तार भएको र पार्टीमा पुनः जीवन प्राप्त भएको बताउनुभएको थियो । पार्टी कमजोर अवस्थामा रहेका प्रदेश र जिल्लामा निरन्तररुपमा अभियान चलाउनुपर्ने उहाँहरुको भनाइ थियो ।

माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनःनिर्माणका अलावा सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो ।

माओवादी केन्द्रले भोलिदेखि राजधानीमा विधान सम्मेलन गर्दैछ । विधानको मस्यौदाका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । समितिले प्रस्ताव गरेको विधानमा माओवादीको स्थायी समिति बैठकमा छलफल भैसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button