तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीका ११ यादव पत्रकार सम्मानित

सुनसरी । सुनसरीको विभिन्न क्षेत्रमा रहेर पत्रकारिता गर्दै आउनुभएका यादव समुदायका ११ जना पत्रकारहरूलाई नेपाल यादव सेवा समिति सुनसरीको प्रथम जिल्ला सम्मेलनको अवसरमा सम्मान गरेको छ । 

नेपाल यादव सेवा समिति सुनसरीले आफ्नो प्रथम जिल्ला सम्मेलनको अवसर पारेर यादव समुदायका ११ पत्रकारहरूलाई एउटै मञ्चमा सम्मान गरेको हो । 

नेपाल यादव सेवा समिति सुनसरीको प्रथम जिल्ला सम्मेलनमा जिल्लाबाट विभिन्न सञ्चारमाध्यममा काम गर्नुहुने यादव समुदायका ११ पत्रकारहरूलाई सम्मान गरेको हो ।

सम्मानित हुनुहुने जिल्लामा पत्रकारहरूमा दुई दशक बढी समयदेखि कार्यरत रहनुभएका रेडियो नेपालका पत्रकार आषिश कुमार यादव, नेपाल टेलिभिजन इटहरीका पत्रकार सन्तोष यादव, धरानका राजेश विद्रोही यादव, इनरुवाका नवप्रवेशी सत्यसंसार साप्ताहिक पत्रकार तथा प्रकाशक ममताकुमारी यादव, आवरसुनसरीका सञ्चालक गणेशकुमार यादव, पत्रकार पारस यादव, सत्यसंसारका सम्पादक तथा भोक्राहा नरसिंह ३ निवासी विनायक प्रसाद यादव, प्रदेश पोईन्टका पत्रकार दिपेन्द्र यादव, वर्णमाला दैनिकका पप्पु यादव र नेपाल टाइमलाइनका पत्रकार रविन्द्र यादव, कोशीका पत्रकार देवराज यादवलाई सम्मान गरेको जिल्ला सचिव जयकृष्ण यादवले जनाकारी दिनुभयो ।  

सम्मानितहरूलाई प्रमुख अतिथि नेपाल यादव सेवा समितिका केन्द्रिय अध्यक्ष भुवनेश्वर यादव, कोशी प्रदेश सभा सदस्य रामदेव यादवले सम्मान पत्र र खादा ओडार सम्मान गर्नुभएको थियो । 

त्यसैगरी समितिको सुनसरीको प्रथम जिल्ला सम्मेलनमा कोशी प्रदेश सभा सदस्य रामदेव यादव, देवानगञ्ज गाउँपालिका उपाध्यक्ष कुमारी विभा यादवलाई सम्मान गरेको तयारी समितिका संयोजक तथा नवनिर्वाचित अध्यक्ष देवकृष्ण यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button