तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक : राजनीतिक दलका नेताहरूले बोल्ने क्रम जारी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा दलीय हिसाबमा विभिन्न राजनीतिक दलका नेताहरूले बोल्ने क्रम जारी रहेको छ ।

बैठकमा नेपाली काँग्रेसका सांसद गगन थापाले सरकारले संसद् र संसदीय समितिलाई थप व्यवहारिक बनाउन काम गर्ने तरीका बदलेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

सांसद थापाले संसद्ले कार्यतालिका बनाएर अगाडी बढ्ने, संसदीय समितिलाई थप व्यवहारिक बनाउने तथा संसद्लाई बिजनेश दिने सरकारको प्रतिबद्धता आएकाले सबै जिम्मेवार भएर अगाडी बढ्नुपर्ने बताउनुभयो । 

बैठकमा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संसद्लाई प्रभावकारी बनाउने विषयमा सरकार जिम्मेवार बन्नुपर्ने भन्दै नेकपा एमाले संविधानको कार्यान्वयन र नयाँ कानुन निर्माणलगायतमा सम्पुर्ण ध्यान केन्द्रित गरेर अगाडी बढ्ने बताउनुभयो ।

प्रमुख सचेतक गिरीले मुलुकमा सुशासन कायम गर्न, भ्रष्ट्राचारीलाई कारबाही गर्ने कुरामा सघन रुपमा सदनमा कुरा उठाएर आफूहरू स्पष्ट रुपमा अगाडी बढ्ने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button