तपाईँ सुन्दै हुनुहुन्छः

संघीय संसद्का नवनियुक्त महासचिव पाण्डेयद्वारा पद तथा गोपनीयताको शपथ 

काठमाडौँ । संघीय संसद्का नवनियुक्त महासचिव पद्यप्रसाद पाण्डेयले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ  । 

संघीय संसद् भवन नयाँ बानेश्वरमा आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नवनियुक्त महासचिव पाण्डेयलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।

समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्याललगायतको उपस्थिति रहेको थियो । 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको सिफारिसमा पाण्डेयलाई मङ्गलवार संघीय संसद्को महासचिवमा नियुक्त गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button