तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रज्ञा प्रतिष्ठानद्वारा प्रदेश स्तरीय कवि गोष्ठीको आयोजना

जनकपुरधाम । छैटौँ बलिदानी दिवस २०८० को अवसर पारेर मधेश प्रज्ञा प्रतिष्ठानले आज जनकपुरधाममा प्रदेश स्तरीय कवि गोष्ठी गरेको छ ।

गोष्ठीमा यस क्षेत्रका प्रसिद्ध कविहरू काशीकान्त झा, दिगम्बर झा दिनमणि, विनोद चन्द्र झा, विजय यादव, शम्भु श्री, मनोज प्रवेश, विजय दत्तमनि, धिरेन्द्र झा मैथिल, कवयित्री पुनम झा, किरण झा लगायतले समसामयिक विषयमा कविता वाचन गर्नुभएको थियो ।

मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी भ्रमरको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका सदस्य दिनेश कुमार यादवले प्रतिष्ठानले मधेश प्रदेशको भाषा, साहित्य, संस्कृति तथा इतिहासलाई उजागर गर्ने काममा लागिपरेको बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका कार्यालय प्रमुख दानी कान्त झाले प्रतिष्ठानले अहिले विभिन्न क्षेत्रमा काम थालेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button