तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेशबाट कांग्रेस नेता सिटौला र एमाले नेतृ कोइराला विजयी

विराटनगर । कोशी प्रदेशमा आज भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा एमाले नेतृ रुकमिणि कोइराला विजय हुनुभएको छ । 

कोशी प्रदेशमा दुई सिटका लागि भएको निर्वाचनमा अन्यतर्फ सिटौला र महिलातर्फ कोइराला विजयी हुनुभएको हो । सत्ता गठबन्धनका उम्मेदवार सिटौलाले ५ हजार २ सय ९२ मत ल्याउनु भएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार उद्धव पौडेलले ४ हजार ५ सय ६२ मत प्राप्त गर्नु भएको थियो । 

त्यस्तै महिलातर्फ नेकपा एमालेका उम्मेदवार रुकमिणी कोइरालाले ५ हजार ८६ मत प्राप्त गर्नु भएको छ भने  गठबन्धनका उम्मेदवार नेकपा माओवादी नेतृ चम्पादेवी कार्कीले ४ हजार ९ सय ९४ मत प्राप्त गर्नु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button