तपाईँ सुन्दै हुनुहुन्छः

त्रिवि केन्द्रीय पुस्तकालयको नयाँ भवन उद्घाटन आज

कीर्तिपुर। त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयको नव निर्मित  भवनको आज उद्घाटन हुँदैछ । नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री एस जयशङ्करले त्रिवि परिसरमा हुने कार्यक्रमका नयाँ भवनको शुभारम्भ गर्नुहुने जनाइएको छ । 

भारतीय सहयोगमा निर्मित तीन तले पुस्तकालय भवनमा दुई हजार विद्यार्थीले अध्ययन गर्न सक्ने छन् ।   त्रिवि केन्द्रीय पुस्तकालयका कार्यकारी निर्देशक  सागरराज सुवेदीका  अनुसार तीन तल्ला नयाँ भवन अपाङ्गमैत्री तथा लिफ्टलगायतका सुविधासमेत छन् । 

नयाँ भवन पाएसँगै पुस्तकालयमा किताब जारी गर्न र फिर्ता भएको पुस्तकको अभिलेख राख्ने विशेष प्रणाली आरएफ आइडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टीफिकेसन सिस्टम)समेत जडान हुनेछ । पुस्तकालय कूल सात हजार आठ सय वर्गफिट फराकिलो रहेको जानकारी पनि उहाँले दिनुभयो ।  

विसं२०७७ मा पुस्तकालय भवन निर्माण सुरुआत भएको थियो  । पुस्तकालयमा भारतीय पुस्तकको छुट्टै कोठासमेत रहने छ । यसबाहेक पुस्तकालयमा ५० वटाभन्दा बढी सङ्ख्यामा कम्प्युटरसमेत अध्ययनकर्तालाई उपयोग गर्न दिइने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button