तपाईँ सुन्दै हुनुहुन्छः

९ किलो लागु औषध गाँजा सहित २ जना पक्राउ

बारा । बारा प्रहरीले ९ किलो लागु औषध गाँजा सहित २ जना व्यक्तिहरूलाई   पक्राउ गरेको छ । 

बुधवार जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थित प्रहरी चौकी पथलैया बाराबाट खटिएको विशेष प्रहरी टोलीले हेटौडा बाट पथलैया तर्फ आउँदै गरेको बा.प्र.०२–०२९ प १६०९ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा पिठयूमा बोकेको ब्याग भित्र लुकाई छिपाई गरी ल्याउँदै गरेको ४.५ किलोको दरले २ (दुई) वटा ब्यागमा ९ किलो अवैध लागु औषध गाँजा बरामद गरी २ जना गजा तस्करलाई समेत पक्राउ गरिएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।  

पक्राउ पर्नेमा  चालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका .८ बस्ने अन्दाजी .बर्ष २१ को सुवास मोक्तान, र पछाडि सवार मकवानपुर कैलास गाउँपालिका. २१ बस्ने अन्दाजी .बर्ष ३० को देवराज स्याङताङ रहेको प्रहरी प्रवक्ता  न्यौपानेले भन्नुभयो । 

पक्राउ परेका व्यक्तिलाई जिल्ला अदालतबाट म्याद थमाई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button