तपाईँ सुन्दै हुनुहुन्छः

भेरी–बबई डाइभर्सनको गुणस्तरमा कुनै सम्झौता गर्नु हुँदैन : अध्यक्ष ओली

सुर्खेत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौवरको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन तथा अवलोकन गर्नु भएको छ ।

एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा आज भेरी–बबई डाइभर्सनको मुहान चिप्लेमा पूर्वपधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले आयोजनाको गुणस्तरमा कुनै सम्झौता गर्नु नहुने बताउनु भएको हो । 

सुर्खेतबाट जाजरकोट जानेक्रममा भेरी–बबई आयोजनाको अनुगमन तथा अवलोकन गर्दै उहाँले काममा केही ढिलाइ भएपनि ढिलो चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिनु भयो । अध्यक्ष ओलीले प्रकृति, खोला, जमिनसँगको कारोबार भएकाले काममा कुनै पनि सम्झौता नगरी यथाशीघ्र सम्पन्न गर्नतर्फ आयोजना पक्षको ध्यानाकर्षण गराउनु भयो  । उहाँले गुणस्तरमा गरिने सम्झौताले ठूलो दुर्घटना निम्त्याउने भएकाले कुनै पनि हालतमा सम्झौता नगर्न आग्रह गर्नु भयो । भेरी–बबई डाइभर्सनको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको आयोजनाको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button