तपाईँ सुन्दै हुनुहुन्छः

हिमाल, पहाडलाई आकर्षक गन्तव्य बनाउन सकिन्छ : अध्यक्ष ओली

सुर्खेत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालका दुर्गम भनिने हिमाल, पहाड तराईलाई दुनियाँको आकर्षक गन्तव्य बनाउन सकिने बताउनुभएको छ ।

एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ को आज पाँचौँ दिन सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले हिमाल, पहाड, तराईका सबै स्थान समृद्धि र सम्भावनाले भरिपूर्ण रहेको बताउनुभयो ।

देशको समृद्धि एमालेको नेतृत्वबाट मात्रै सम्भव भएको बताउँदै उहाँले आगामी निर्वाचन मार्फत एकल बहुमतको सरकार गठन गरेर ‘समृद्ध नेपाली सुखी नेपाली’ को सपना साकार पार्ने दाबी गर्नुभयो ।

उहाँले लोकतान्त्रिक गणतन्त्र भन्दा राजतन्त्रलाई उत्तम ठान्ने, पछिल्लो राजनीतिक परिवर्तनलाई उपलब्धि नठान्ने तत्वले जनताको हित नचाहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button