तपाईँ सुन्दै हुनुहुन्छः

याम्फुदिनमा बोलेरो दुर्घटना हुँदा चालकको निधन

ताप्लेजुङ। ताप्लेजुङमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

गयराति सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिनमा सवारी दुर्घटना हुँदा ताप्लेजुङको फुङलिङ ५ बस्ने ३० वर्षीय निशान लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)राजन लिम्बूले जानकारी दिनुभयो ।

निसानले चलाएको प्र.१–०१–००१ज.३४३७ नम्बरको बोलेरो याम्फुदिनको भोटेगाउँबाट छेबुकतर्फ जाने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गाडी अनियन्त्रित भई सडकको भित्तामा ठोकिँदा अचानक सवारी पल्टिएर चालक निसानलाई सोही सवारीले किचेको र उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत अध्ययनका लागि इलाका प्रहरी कार्यालय तेल्लोकका प्रहरी निरीक्षक कोमल ठाकुरको नेतृत्वमा प्रहरी टोली परिचालित गरिएको प्रमुख(डिएसपी)लिम्बूले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button