तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा हात्तिको आक्रमणबाट मृत्यु

सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिका-२ स्थित बुढासुब्बा चोकमा जङली हातिको आक्रमणबाट स्थानिय रबिन खड्काको निधन भएको छ ।

गएराति बजारबाट घर फर्किने क्रममा सामुदायिक वन क्षेत्रको वाटोमा खड्कालाई हात्तिले आक्रमण गरेको थियो । हात्ति आक्रमणमा परेका खड्का घट्ना स्थलमानै मृत्यु भएको थियो ।

अहिले पनि इटहरीको तालतलैया, पानिपिया र शान्तिनगर क्षेत्रमा एक दर्जन जंगली हात्तिको समुहले स्थानीय वस्तिहरुमा वितण्डना मचाउने गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button