तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङमा पहिचान पक्षधर र युवासंघबीच झडप

ताप्लेजुङ ।  एमाले सचिव एवं प्रतिनिधिसभाका सांसद योगेश कुमार भट्टराईको निवास अगाडि पहिचान पक्षधर कार्यकर्ताले प्रदर्शन गरेका छन् । 

दसैँ, तिहार, छठ, नेपाल सम्वत जस्ता चाडपर्वको अवसरमा चियापान कार्यक्रम गर्न ताप्लेजुङ पुग्नुभएका भट्टराईको निवास फुङलिङ नगरपालिका ५ अगाडि कालो झण्डा सहित प्रदर्शन गरेका थिए  । प्रदर्शनको क्रममा राष्ट्रिय युवासंघका कार्यकर्ता र पहिचान पक्षधरबीच झडप भएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिकाबीच दुई पक्षबिच झडप भएको हो ।  

एमालेबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरु भट्टराई, उर्मिला थेबे र प्रदेश सांसद तिलकुमार मेन्याङवोले दिउसो १ बजेदेखि पार्टी कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेका छन् । सांसदहरु लगायतका कार्यकर्ता चियापान कार्यक्रम स्थल पुगिसकेको एमाले कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए ।  कोशी प्रदेश नामको खारेजी हुनुपर्ने लगायतका माग गर्दै आएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button