तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगितामा गाईघाट विजयी

सप्तरी ।  दोस्रो राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिता २०८० को विजेता गाईघाटले सिल्ड मेडलसहित नगद हात पारेको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा हरेक वर्ष बडा दशैको पहिलो दिनदेखि लगातार  खेलिने खेलको अन्तिम दिन बिहीबार खडक र गाईघाट बिच प्रतिस्पर्धा हुँदा गाईघाट विजयी भएको हो ।

विजेता गाईघाटले नगद एक लाख एक हजार र सिल्ड मेडलसहित प्रमाणपत्र प्राप्त गर्दै गर्दा उपविजेता खडकले नगद ५१ हजार र सिल्ड मेडलसहित प्रमाणपत्र हात पारेकाे हाे ।

लगातार २–२ सेट दुवै टिमले जिते पछि खेल रोमाञ्चक बनेको थियो र अन्तिम पाँचाै सेटमा गाईघाट यूवा क्लब विजयी भएकाे हाे । 

पुरस्कार वितरण गर्दै प्रमुख अतिथि छिन्नमस्ता गापा अध्यक्षले  खेलकुद स्वास्थ्यसँगै समाजलाई एकताबद्ध गर्ने भरपर्दो माध्यम भएको बताउनु भयो ।

छिन्नमस्ता गाउँपालिकाको आयोजनामा सम्पन्न दोस्रो राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगितामा कुल ११ टिमले सहभागिता जनाएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button